• २०८१ बैशाख १८ मंगलबार

ट्रम्प र किमको शिखर बैठक चाडै हुने : पोम्पेओ

kharibot

अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ् उनबीचको शिखर बैठक चाडै हुने अमेरिकी उच्च अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले ट्रम्प र किमको दोस्रो शिखर बैठक चाडै हुने विश्वास व्यक्त गरेका हुन् ।

पहिलो शिखर बैठकमा भएको सहमतीअनुसार उत्तर कोरियाको आणविक हतियार बन्द गर्नकालागि भइरहेको प्रक्रिया र प्रगतिका बारेमा अमेरिकाले उच्च तहका कुटनीतिज्ञहरु पनि खटाएको योन्ह्याप समाचार संस्थाले जनाएको छ ।

दोस्रो बहुप्रतिक्षित शिखर बैठक गर्नुअघि अरु धेरै काम गर्न बाँकी नै रहेको पोम्पेओले शुक्रबार बताए । “मलाई विश्वास छ की राष्ट्रपति ट्रम्प र नेता किमबीचको दोस्रो शिखर बैठक आगामी छोटो समयमै हुनेछ,” विदेश मन्त्री पम्पेओले भने ।

अमेरिका र उत्तर कोरिया बीचको विश्वास अझ बढाउन र अमेरिकालाई ठूलो चुनौतीको रुपमा रहेको आणविक हतियारलाई निशस्त्रीकरण गर्न शिखर बैठक उपलब्धिमुलक हुने उनको विश्वास छ ।

कोरिया प्राय द्धिपमा शान्तिस्थापनाका लागि अहिले भइरहेका प्रयास सकारात्मक सुरुवात भएको उनको भनाई छ । यो बाँकी विश्वकालागि पनि सकारात्मक संकेत हो ।

“हाम्रो समझदारीको रणनीति के कस्तो हुन्छ भन्ने बारेमा मैले अहिले नै केही भन्न सक्दिन, यत्ति हो की यो अवश्य पनि राम्रै हुनेछ,” उनले भने ।

उनले थपे, “दक्षिण कोरियाकालागि राम्रो हुनेछ, जापानकालागि राम्रो हुनेछ र संसररकै लागि पनि राम्रो हुनेछ ।”

यसै हप्ताको शुरुमा ट्रम्पले किमको तर्फबाट आफुले महत्वपूर्ण पत्र प्राप्त गरेको बताउनु भएको थियो । उनले पनि चाडै नै उत्तर कोरियाका नेतासँग भेट्ने मौका पाउने विश्वास व्यक्त गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच गत वर्षको जुनमा शिखर बैठक भएको थियो । त्यस समयमै फेरि अर्को  बैठक गर्ने सहमति भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै