• २०८१ जेठ ४ शुक्रबार

कञ्चन डेभलपमेन्ट बैंकको नवौं वार्षिक साधारणसभा

kharibot

काठमाडौ । कञ्चन डेभलपमेन्ट बैंकको नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले यही पुुस २१ गते सञ्चालक समितीका अध्यक्ष शिव सिंह कार्कीको अध्यक्षतामा आफ्नो नवौंैं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

बैकका अनुसार उक्त कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनि सचिव बिरु राम जैशीले सञ्चालन गरेका हुुन । सभाले आफ्ना शेयरधनीहरुलाई चूक्ता पंूजिको पाँच प्रतिशत बोनस शेयर र छ दसमलव २९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक खगेश्वर बोहराले दिएका थिए भने उपस्थित संस्थापक शेयर धनिहरुका तर्फबाट बिजयालक्ष्मी देवि अवस्थी, भुवनेश्वरी रावल, कृष्ण प्रसाद पाठक, धर्म राज जोशी र साधारण शेयर धनिहरुका तर्फबाट सुदर्शन जोशीले आफ्नो मन्तब्यमा बैंकको उत्तरोत्तर प्रगतिको शुभकामनाका साथै बैंकले भविष्यमा लिनु पर्ने नीतिबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

साधारण सभाबाट संस्थापक शेयर धनिहरुबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक पदको निर्वाचनमा शिव सिंह कार्र्की, हिक्मत बहादुर शाह र खगेश्वर बोहरा तथा सर्वसाधारण शेयरधनीहरुको तर्फ बाट निरन्जना पाण्डेय निर्विरोध निर्वाचित भएकाछन ।

उक्त साधारण सभा समापन लगत्तै बसेको सञ्चालक समितिको बैठकले शिव सिंह कार्कीज्यूलाई पुनः सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै