• २०८१ बैशाख २१ शुक्रबार

जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

kharibot

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. (जिआईसि नेपाल) र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड  बीच बैङ्कासुरेन्स सेवाप्रदानगर्ने सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनीतथा डेभलपमेन्ट बैङ्क बीच आइतबार आयोजित एक कार्यक्रमबीच सहमतिपत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । 

बैंकका प्रमुखकार्यकारी अधिकृत बिरुराम जैसी र इन्स्योरेन्सका महाप्रबन्धक एस.के. तमोटले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसँगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै