काठमाडौँ । बलिवुडका चर्चित निर्माता, निर्देशक तथा अभिनेता राकेश रोशनलाई घाटीको क्यान्सर भएको छ । अभिनेता ऋतिक रोशनले आफ्ना पितालाई पहिलो स्टेजको क्यान्सर भएको खुलासा गरेका छन् ।
ऋतिकले सो जानकारी दिदै ऋतिकले आफ्ना पिताको घाँटीमा पजिलो स्टेजको ‘स्क्वामोउस सेल कर्सीनोमा’ भएको केहि साता अघि थाहा भएको बताएका छन् । यो एक प्रकारको क्यान्सर भएको बताइएको छ । साथै राकेश रोशनको क्यान्सरको सर्जरी हुने ऋतिकले जानकरी दिएका छन् ।
एक समयका चर्चित अभिनेता समेत रहेका राकेश रोशनले बलिवुडमा कैयौ चर्चित फिल्म बनाएका चाहन । उनले आफ्ना छोरा ऋतिकलाई 'कहो ना प्यार है'' फिल्मबाट बलिवुडमा ल्याएका थिए । राकेशले अहिले कृषको चौथो र पाचौ सिरिज निर्देशन तथा निर्माण गरिरहेका छन् ।