उपाधि विजेता मनाङ अन्तिम खेलमा फ्रेन्ड्ससँग पराजित

खरीबोट

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको उपाधि विजेता टिम मनाङ मर्स्याङ्दी क्लब अन्तिम खेलमा भने पराजित भएको छ । 

लिगको अन्तिम खेलमा मनाङ फ्रेन्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित भएको हो । जसले गर्दा मनाङ लिगका सबै खेलमा शतप्रतिशत नतिजा निकालेर उपाधि जित्ने कीर्तिमान बनाउनबाट चुकेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङ अन्तिम खेलमा तुलनात्मक रुपमा कमजोर टिम फ्रेन्ड्सविरुद्ध गोलरहित बराबरीमा रोकियो । खेलको सुरुवातदेखि नै फ्रेन्ड्समाथि दबाब बनाएको मनाङले पुरै खेलमा आधा दर्जन गोल गर्ने अवसर गुमाएको थियो । 

फ्रेन्ड्सको जितमा बिशाल लाम ले गोल गरेका थिए । फ्रेन्ड्सले अन्तिम समयमा गोल गर्दै मनाङविरूद्ध जित हासिल अग्रेको थियो । 

हारपछि मनाङले १३ खेलबाट ३६ अंक बनाउँदै लिग टुंग्याएको छ । साथै उसले लिग विजेताका हिसाबले एएफसी कपमा सहभागिता जनाउन पाउनेछ । यता फ्रेन्ड्सले भने लिगमा १३ खेलमा १२ अंक जोड्दै ११औ स्थानमा रहेर लिग टुंगाएको छ ।
 

सम्बन्धित समाचार

‘रेलिगेशन’बिनाको ए डिभिजन लिगले घटाएको फुटबल रौनक

काठमाडौँ । गत वैशाखमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नेतृत्व सम्हालेलगत्तै अध्यक्ष कर्माछिरिङ शेर्पाले भनेका थिए, “चार वर्षदेखि रोकिएको लिग यसै वर्ष शुरु गर्छु ।” एन्फामा विवाद बढ्दै जाँदा चार वर्षदेखि

ए डिभिजन लिग सकियो, कसले कुन अवार्ड जिते ? 

काठमाडौँ । चार वर्षपछि भएको शहिद स्मारक ए डिभिजन लिगको सकिएको छ । लिगमा भाग लिएका १४ क्लबले हरेकले १३-१३ खेल खेलेर सक्दा मनाङ मर्स्यांदी क्लबले १३ खेलमा १२ मा

ए डिभिजन लिगमा थ्रिस्टार तेस्रो स्थानमा 

काठमाडौँ । थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ ।  ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा को खेल

ए डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ ।  एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पुस


z