काठमाडौं । साहित्यकार डा.शिलु घिमिरे न्यौपानेको मन मन्थन कथा सङ्ग्रह र सुनकेस्री गीति काव्यको विमोचन भएको छ ।
निबन्धकार युवराज नयाँघरे र गीतकार उन्नति बोहरा शिलाले सो कृतिको विमोचन गरेका थिए ।
विमोचन पछि कार्यक्रममा उन्नति बोहरा, युवराज नयाँघरे, वन्दना लम्साल, सबिता प्रसाई, अरुण घिमिरे तथा कृतिकार शिलुले आ-आफ्नो मन्तव्य राखेका थिए ।
अमेरिकाको टेक्सस वुमेन्स युनिभर्सिटीबाट अध्ययन सकी सोही महाविध्यालयमा प्राध्यापन गर्ने डा.शिलु घिमिरेका यस अघि नै अन्य ३ वटा कृति आइसकेका छन ।