काठमाडौँ । पिएसजी फ्रान्सको कोपा लिगमा पछिल्लो पाँच बर्षमा पहिलो पटक पराजित भएको छ ।
कोपा डे ला लिग अन्तर्गतको गएराती भएको खेलमा पिएसजी गुइनगाम्पसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
गुइनगाम्पका लागि गबाकोटो र थुरामले एक एक गोल गरे भने पिएसजीका लागि नेइमारले एक गोल गरेका थिए ।
पिएसजी पछिल्लो पाँच कोपा लिगमा अपराजित रहदै च्याम्पियन समेत बनेको थियो । जनवरी २०१४ देखि कोपा लिगमा अपराजित रहेको पिएसजीले लिगमा ४९ खेल पछि हार बेहोरेको छ ।