• २०८१ बैशाख १६ आइतबार

मुक्तिनाथ विकास बैंकको अनलाईन सेवा : अब घरबाटै खाता खोल्न सकिने

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले अब घरमै बसी बसी खाता खोल्न मिल्ने गरी अनलाईन सेवा सुचारु गरेको छ । 

बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको हो । बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट खाता खोल्न नयाँ अनलाईन सेवा सञ्चालन गरेको हो । 

देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरीकहरुले यस प्रविधिको माध्यमबाट बैंकमा  खाता खोल्न सक्नेछन् । 

उक्त सेवाबाट ग्राहकहरुले आफ्नो समयानुकुल बैंकको वेवसाईटबाट खाता खोल्न सक्ने बैंकले जनाएको छ । 

हाल बैंकले १०२ वटा शाखा तथा २० वटा ए.टि.ए.मबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै