• २०८१ बैशाख १४ शुक्रबार

आन्तरिकतर्फको हवाई इन्धन मूल्य घट्यो

kharibot

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ । 

साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

घटेको मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जनाएको छ । निगमले यसअघि विभिन्न चरणमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएपनि हवाई इन्धनको मूल्यभने समायोजन गरेको थिएन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै