• २०८१ बैशाख १४ शुक्रबार

रुपन्देहीमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु

kharibot

रुपन्देही । रुपन्देहीमा प्रहरीले हानेको गोली लागेर एकजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर-१० शंकरपुरमा गस्तीमा रहेको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करले गोली हानेपछि जवाफी कारवाहीमा एकजनाको मृत्यु भएको हो । 

मृतकको सनाखत हुन् नसकेको प्रहरीले जनाएको छ । साथै तस्करको गोली लागेर प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको रुपन्देही प्रहरीले जनाएको छ । 

प्रहरीले घटनास्थलबाट अटोमेटिक लोडेड पेस्तोल तथा उनले प्रयोग गरेको यूपी ५३ एच २०२८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै