• २०८१ बैशाख १६ आइतबार

बरहथवा घटना: गोली चलाउने प्रहरीलाई सेवाबाट बर्खास्त गर्न सिफारिस

kharibot

काठमाडौं । सर्लाहीको बरहथवा घटना प्रकरणमा गोली चलाएका प्रहरीलाई सेवाबाटै बर्खास्त गर्न सिफारिस गरिएको छ । गत २० पुसमा बरहथवामा भएको घटना प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । 

उक्त घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले प्रहरी हवल्दारले चलाएको  गोली लागेर साहको मृत्यु भएको निष्कर्ष निकाल्दै गोली चलाउने हवल्दारलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको हो ।

आइतबार समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा गोली चलाउने प्रहरी हवल्दारलाई नै सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय