बारा । बाराको महागढीमाई नगरपालिकाको मेयरमा काँग्रेसका उपेन्द्र प्रसाद यादव बिजयी भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत खडानन्द गौतमले दिएको जानकारी अनुसार उनी ५ हजार ७ सय ६५ मतले विजयी भएका छन् । उनले प्रतिस्पर्धी संघिय समाजबादी फोरमका शरदासंकर जयसवालको ५ हजार २ सय ७५ मतलाई उछिनेका हुन् ।
यस्तै उपमेयरमा काँग्रेसकै तारादेवी कानुले ५ हजार ३ सय ७५ मतले बिजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्दी संघिय समाजबादी फोरमकी उमाराउती देबीले ४ हजार ५ सय २२ मत ल्याएकी छन् ।
योसंगै काँग्रेसले बारामा ४ स्थानिय तहमा जित हाँसिल गरेको छ भने महागढीमाई नगरपालिकासहित जिल्लमा ११ स्थानिय तहको टुँगो लागेको छ ।