• २०८१ बैशाख १७ सोमबार

पर्वतमा बस दुर्घटना : ३ जनाको मृत्यु, २० जना भन्दा बढी घाइते 

kharibot

कुश्मा । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। 

म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्वरको बस विहान साढे ८ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढि गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। मृतक तथा घाइतेहरुको सनाखत हुन सकिरहेको छैन।

अहिले जिल्ला प्रहरी कार्यालय पर्वत र बागलुङको टोलीले घाइतेहरूको उद्दार गरी जिल्ला अस्पताल पर्वत र धौलागिरि अञ्चल अस्पताल बागलुङ पठाएको प्रहरीले जनाएको छ । दुर्घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै