• २०८१ बैशाख १८ मंगलबार

शनि ग्रहको चन्द्रमा टिटानमा बादलविनाको वर्षात् ! 

kharibot

क्यासिनी भिजुअल र इनफ्रारेड म्यापिङ स्पेक्ट्रोमिटरबाट देखिएको टिटानको उत्तरी ध्रुव ।  तस्बिर : NASA/JPL/University of Arizona/University of Idaho

काठमाडौं । नवग्रहमध्येको एउटा ग्रह शनिको चन्द्रमा टिटानमा वर्षात् हुने गरेको वैज्ञानिकहरुले बताएका छन् । उक्त ग्रहको सतहमा तरल र धूलोको आँधीको उपस्थितिलाई कारण देखाउँदै अनुसन्धाताहरुले यसलाई अन्य ग्रहको सम्भावित जीवन रहेको स्थलको संज्ञा दिएका एजेन्सीहरुले बताएका छन् । 

बाहिरी गोलाकार घेरायुक्त ग्रह शनिको अमेरिकी अन्तरिक्ष संस्था नासाको क्यासिनी नामक स्पेसक्राफ्टले चन्द्रमाको उत्तरी ध्रुवको तस्बिर कैद गरेको थियो । उक्त तस्बिर सन् २०१६ को जुनमा लिइएको साइन्टिफिक जर्नल जिओफिजिकल रिसर्च लेटर्समा बुधबार जनाइएको एजेन्सीहरुको भनाइ छ । 

टिटानमा भएको वर्षात् मिथेन ग्यासको हुनसक्ने अध्येताहरुको अनुमान छ । वैज्ञानिकहरु यतिबेला टिटानको उत्तरी ध्रुवमा बादल र वर्षातको खोजीमा लागेका छन् । माथिको तस्बिरले ४३ हजार ३ सय ३० वर्गमाइल क्षेत्रको दृश्य खिचेको छ ।

टिटानको उक्त क्षेत्रको तस्बिरमा अध्येताहरुले वर्षात् फेला पारे पनि बादल अझै नभेट्टिएको र उक्त वर्षात् पनि बीचैमा हराएको अनुमान गरेका छन् । यसको मतलब उक्त वर्षात् मिथेनको हुनसक्छ । 

टिटान पृथ्वीको चन्द्रमाभन्दा ५० प्रतिशत ठूलो आकारको छ भने यो नै हाम्रो सौर्यप्रणालीको दोस्रो ठूलो चन्द्रमा हो ।

टिटान पृथ्वीको चन्द्रमाभन्दा ५० प्रतिशत ठूलो आकारको छ भने यो नै हाम्रो सौर्यप्रणालीको दोस्रो ठूलो चन्द्रमा हो । यसअगाडि बृहस्पति ग्रहको चन्द्रमा गानमेडे आउँछ । 

अध्येताहरुले टिटानको वर्षातलाई अहिले शनि ग्रहमा वर्षा ऋतु चलिरहेको अनुमान लगाएका छन् । शनिले पृथ्वीको २९.५ वर्षमा बल्ल एकपटक सूर्यको परिक्रमा गर्छ । तर त्यस्तो परिभ्रमण पनि अहिले ढिलाइ भएको छ । यसको कारण भने पत्ता लाग्न सकेको छैन । 

गत सेप्टेम्बरमा भने टिटानमा पूरै धूलोको आँधी चलेको थियो ।  नासाले समेत उक्त आँधीमा जैविक अणुहरुको समूहको संयोजन रहेको हुनसक्ने बताएको छ । टिटानको वायुमण्डलमा भएको रसायनको कारण यस्तो प्रतिक्रिया सम्भव हुने नासाको भनाइ छ । वैज्ञानिकहरुका अनुसार टिटानको वायुमण्डलमा ९८.४ प्रतिशत नाइट्रोजन, मिथेन १.६ प्रतिशत मिथेन, ०.१ प्रतिशत हाइड्रोजन रहेको छ । 

टिटानमा हुने यसप्रकारको गतिविधिलाई उसको सतह एकदमै सक्रिय र परिवर्तित अवस्था भएको वैज्ञानिकहरुको तर्क छ । 

क्यासिनीले अनुसन्धानको क्रममा थुप्रै तरल हाइड्रोकार्बनको समुद्र र तलाउहरु समेत सतहमा रहेको भेट्टाएको थियो । शनिवरपर सन् २००४ को मध्यतिर क्यासिनी आइपुगेको थियो भने २०१७ को सेप्टेम्बरमा क्यासिनी इन्धन सकिएसँगै शनिकै रिंगमा खसेको थियो । 

क्यासिनी अर्बिटरले हुइजिन्स नामको युरोपेली अवतारक यन्त्रसँगै टिटानमा सन् २००५ जनवरीमा स्पर्श गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै