• २०८१ बैशाख १५ शनिबार

साताको सेयर : नेप्से ११ सय ८७ दसमलव ७७ बिन्दुमा 

kharibot

काठमाडौं । यो साता सेयर बजार परिसुचक ११ सय ८७ दसमलव ७७ बिन्दुुमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ५१ दसमलव एक बिन्दुमा पुगेको छ ।

यो साता कुल एक सय ६४ कम्पनीहरुको कारोवार भएकाछन । जसअनुसार २३ हजार तीन सय ७४ वटा कारोवारमा ५३ लाख ८४ हजारा छ सय ३४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ८५ करोड ६७ लाख ९७ हजार छ सय ४६ रुपैयाँ पुगेको छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का अनुसार कारोवार रकम गत साताको तुलनामा बढी हो । गत साता एक सय ६८ कम्पनीहरुको १७ हजार नौ सय ९७ वटा कारोवारमा ६२ लाख ८८ हजार छ सय १७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ५६ करोड ९० लाख ४७ हजार तीन सय २५ रुपैयाँ पुगेको थियो । 

यो साता पनि नेप्सेको नियमित कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो, चौथो र पाँचौ दिन दिन सेयर बजार घटेको थियो भने दोस्रो र तेस्रो दिन सेयर बजार उकालो लागेको थियो । नेप्सेका अनुसार पहिलो दिन बजार परिसुचक पाँच दसमलव ७८ अंकले ओरालो लागेर ११ सय ७५ दसमलव पाँच बिन्दुमा झरेकोमा अन्तिम दिन शुन्य दसमलव दुई अंकले घटेर ११ सय ८७ दसमलव ७७ अंकमा  झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पहिलो कारोवार दिन एक दसमलव २३ अंकले ओरालो लागेर दुई सय ४९ दसमलव ४२ अंकमा झरेकोमा अन्तिम कारोवार शुन्य दसमलव पाँच अंकले घटेर दुई सय ५१ दसमलव एक अंकमा पुगेको थियो । यि बाहेक दोस्रो दिन सेयर बजार परिसुचक ११ दसमलव ७४ अंकले बढ्दा सेन्सिटिभ इन्डेक्स एक दसमलव आठ अंकले बढेको थियो भने तेस्रो दिन बजार परिसुचक १७ दसमलव ५१ अंकले बढ्दा सेन्सिटिभ इन्डेक्स तीन दसमलव छ अंकले बढेका थियो ।

चौथो दिन भने बजार परिसुचक सात दसमलव ५७ अंकले घट्दा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव पाँच अंकले घटेको थियो । पाँचौ दिन भने सेयर बजार परिसुचक शुन्य दसमलव दुई अंकले घटेर ११ सय ८७ दसमलव ७७ अंकमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव पाँच अंकले घटेर दुई सय ५१ दसमलव एक अंकमा झरेको छ ।  

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक लगायतका कम्पनीहरु परेकाछन । सेयर संख्याका आधारमा पनि यिनै कम्पनीहरु अगाडि देखिएकाछन । बजार पुंजीकरणका आधारमा अघिल्लो साताहरुमा जस्तै नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्र्डड चार्टड बैंक आदिको अग्रता कायम रहेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय