• २०८१ बैशाख १८ मंगलबार

अर्जुन र मलाइकाको प्रेममा परिवार बाधक !

kharibot

काठमाडौँ । बलिवुडमा अहिले अभिनेता अर्जुन कपुर र अभिनेत्री एवं मोडल मलाइका अरोराको प्रेमको खास चर्चा रहेको छ ।

सार्वजनिक कार्यक्रम र उनीहरुको एयरपोर्ट लुक अहिले मिडियाको हेद लाइन बनेको छ । अर्जुन कपुर भन्दा करिब १३ बर्ष जेठी मलाइका आफ्ना पति अरबाज खानसँगको डिभोर्सपछि अर्जुनसँग अफ्येर्समा रहेकी छन् ।

भारतीय मिडियाहरुले दुवैले विवाह गर्ने सोच बनाएपनि अर्जुनको परिवार उनीहरुको विवाहको बाधक बनेको उल्लेख गरेका छन् ।

पछिल्लो मिडिया रिपोर्टका अनुसार अर्जुन कपुरका पिता बोनी कपुर र बहिनि त्रिशुला कपुर अर्जुनको मलाइकासँगको सम्बन्धबाट खुशी नरहेको उल्लेख गरेका छन् । अर्जुनले मलाइकासँग विवाह गर्ने रिपोर्ट आइरहदा पिता र बहिनिको यसमा सहमति नभएको रिपोर्ट पनि आइरहेका छन् । साथै अर्जुनकी दिदी समेत रहेकी सोनम कपुरसमेत अर्जुनको मलाइकासँगको सम्बन्ध प्रति असन्तुष्ट रहेको बताइएको छ ।

यसैबीच केहि दिन अघि सलमान खानले अर्जुन र मलाइकाबीचको सम्बन्धका कारण बोनी कपुरले निर्माण गर्न लागेको फिल्म नो इन्ट्रीको सिक्वेल गर्न अस्विकार गरेको मिडिया रिपोर्ट बाहिर आएको थियो ।

यसरी आफूभन्दा १३ बर्ष बढी उमेरकी मलाइकासँगको सम्बन्धका कारण अर्जुन अहिले पारिवारिक झमेलामा परेका छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै