• २०८१ बैशाख १४ शुक्रबार

सेभिल्लालाई पराजित गर्दै रियल म्याड्रिड तेस्रो स्थानमा उक्लियो 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सेभिल्लामाथि जित हासिल गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

गएराती आफ्नै घरेलु मैदानमा भएको खेलमा रियलले सेभिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा कासेमिरो र लुका मोड्रीचले एक एक गोल गरेका थिए ।

पहिलो हाफ बिना कुनै गोलमा सकिएको खेलमा रियलले कासमिरोको गोलमा खेलको ७८औ मिनेटमा अग्रता लिएको थियो भने मोड्रीचले इन्जुरी समयमा गोल गर्दै रियललाई २-० को महत्वपूर्ण जित दिलाएका थिए ।

जितपछि रियल म्याड्रिडको २० खेलमा ३६ अंक भएको छ भने लिगको तेस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ७ अंकले पछाडी रहेको छ । त्यस्तै सेभिल्लाको भने २० खेलमा ३३ अंक रहेको छ । सेभिल्ला लिगको चौथो स्थानमा पुगेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै