• २०८१ बैशाख १४ शुक्रबार

म्यानचेस्टर युनाइटेडको जितमा पोग्वा र राशफोर्डको गोल  

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले आफ्नो विजयी यात्रा कायम राखेको छ । 

गएराती भएको खेलमा युनाइटेडले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा पाउल पोग्वा र मार्कोस राशफोर्डले एक एक गोल गरे भने ब्राइटनका लागि एक गोल पास्कल ग्रोसले गरेका थिए ।

जितसँगै युनाइटेडका अन्तरिम म्यानेजर ओले गुनार सोलजकरले युनाइटेडमा नयाँ रेकर्ड बनाएका छन् । उनले युनाइटेडका कुनै पनि नयाँ म्यानेजरले लगातार सबै प्रतिष्पर्धामा ७ खेल जितेर यस्तो रेकर्ड बनाएका हुन् । उनले यसअघि युनाइटेडका म्यानेजर माट बस्बीले बनाएको ६ खेल जितको रेकर्डलाई तोडेका हुन् ।

जितपछि म्यानचेस्टर युनाइटेड २३ खेलमा ४४ अंकसहित लिगको छैठौ स्थानमा रहेको छ । त्यस्तै ब्राइटन २३ खेलमा २६ अंकसहित लिगको १३औ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै