• २०८१ बैशाख १६ आइतबार

विक्की कौशलको बक्स अफिसमा सर्जिकल स्ट्राइक ! 

kharibot

मुम्बई । बलिवुड बक्स अफिसमा अभिनेता विक्की कौशलको फिल्म उरी द सर्जिकल स्ट्राइक सय करोडको नजिक पुगेको छ ।

फिल्म रिलिज भएको नवौ दिन फिल्मले १३.२४ करोडको व्यापार गर्दै अहिलेसम्म कुल ९१ करोड ८४ लाख कलेक्सन गरेको छ । फिल्मले रिलिजको दोस्रो शुक्रबार ७ करोड ६६ लाखको कलेक्सन गरेको थियो । फिल्मको आजको कलेक्सनपछि सय करोडक्लबमा प्रवेश गर्ने बलिवुड फिल्म विश्लेषक तरण आदर्शले बताएका छन् ।

फिल्मले रिलिजको पाँचौ दिन ५० करोड र आठौ दिन ७५ करोडको कलेक्सन गरेको थियो ।

२५ करोडको लगानीमा बनेको यो फिल्म सुरुमा केवल ८ सय स्क्रिनमा रिलिज भएको थियो । यो फिल्म सन् २०१६ को सेप्टेम्बरमा भारतको उरीमा भएको आतंकवादी हमलाको जवाफमा भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकका बारेमा रहेको छ । फिल्म २०१९ को पहिलो सुपर हिट फिल्म समेत बनेको छ ।

अभिनेता विक्की कौशल अभिनित फिल्म संजु गत बर्ष धेरै कलेक्सन गर्ने फिल्म बनेको थियो । संजुमा विक्कीले निभाएको संजय दत्तको साथीको भूमिकाका लागि उनले कैयौ अवार्ड समेत जितेका छन् ।

फिल्ममा विक्की कौशलका अलावा यमी गौतम, परेश रावल, मोहित रैना लगायतका कलाकार रहेका छन् भने फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै