• २०८१ बैशाख १५ शनिबार

रुस्लान दशौं सिमरा गोल्डकप : थ्री स्टार र आर्मी फाईनलमा भिड्ने

kharibot

बारा । थ्री स्टार क्लव बाराको सिमरामा जारी दशौं सिमरा गोल्ड कपको फाईनल प्रवेश गरेको छ । 

जिल्ला स्थित सिमरा रंगशालामा भएको बिहिवारको खेलमा हिमालयन शोर्पा क्लवलाई १–० ले पराजित गर्दै थ्री स्टार फाईनल प्रवेश गरेको हो । 

थ्री स्टारलाई फाईनलमा पुर्याउनका लागि बिदेशी खेलाडी फोफना फोडेले गरेको गोल नैं निर्णायक गोल हुन पुग्यो र बिहिवार अन्ति सेमिफाईनल खेलका नायक बने । 

फोडेले खेलको ७१ औं मिनेंटमा गोल रक्षक बल नियन्त्रणका लागि अघि बढ्दै गर्दा फोडेले त्यसको फाईदा उठाउदै निर्णायक गोल गरेका हुँन् । फोडेले मैदानको बिच भागबाट रंजन विष्टले लगेको बललाई सदुपयोग गर्दै गोल गरेका थिए । अनि फोडेको सोही गोल निर्णायक बन्यो । 

निकै संघर्ष पूर्ण खेलमा दुबै तर्फका खेलाडीले गोल गर्ने धेरै सुनौला अवसरहरु गुमाएका थिए । थ्री स्टार विरुद्धको खेलमा पाएका केही अवसरहरु सदुपयोग गर्न नसक्दा दोस्रो संस्करणको बिजेता हिमालयन शेर्पा क्लव प्रतियोगिताबाट बाहिरिनु पुग्यो । 

खेलको म्यान अफ दि म्याच थ्री स्टारका क्याप्टेन बिक्रम लामा घोषित भए । उनले नगद दश हजार सहिँत ट्रफि हात पारे । 

हार पछि हिमालयन शेर्पाका प्रशिक्षक बृजेन्द्र पुडासैनीले शुरु मैं खेलाडी घाईते हुँदा खेलमा तालमेल नमिलेको बताए । टीमले पाएका धेरै अवसरहरु गुमाउँदा हार व्यहोर्नु परेको उनले बताए । 

जीत पछि खुशी देखिएका थ्री स्टारका प्रशिक्षक आफ्नों टीले अझै पनि खेल्न नसकेको र खेलाडीहरु थकित भएका कारण सोचे अनुरुप खेल खेल्न नसकेको बताए । फाईनलका लागि अझ निखारिएको प्रदर्शनी गर्ने बताए । 

फाईनल खेल माघ १२ गते त्रिभुवन आर्मी क्लव र थ्री स्टार क्लव बिच उपाधीका लागि भिड्ने आयोजकले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय