• २०८१ बैशाख १४ शुक्रबार

रुस्लान दशौं सिमरा गोल्डकपको उपाधी थ्री स्टारले उचाल्यो

kharibot

बारा । बाराको सिमरामा भएको १० औं सिमरा गोल्ड कपको उपाधी रुस्लान थ्री स्टार क्लबले हात पारेको छ । 

शनिवार भएको फाईनल खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै थ्री स्टार क्लब १०औं सिमरा गोल्ड कपको उपाधी उचालेको हो ।

सिमरा रंगशालामा भएको फाईनल खेलको ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै तर्फबाट गोल गर्ने धेरै अवसरहरु पाए पनि गोल गर्न नसक्दा खेल टाईबेकरमा गएको थियो । खेललाई ९० मिनेट पछि सिधै टाईबेकरमा लगिएको थियो । पेनाल्टी सुटआउटमा थ्री स्टारले ७-६ गोल अन्तरले आर्मीलाई पराजित गरेको थियो  ।  

खेलको म्यान अफ द म्याच थ्री स्टारका गोल रक्षक एलन न्यौपाने भए । उनले नगद १० हजारसहित ट्रफि हात पारे । 

खेल अवधिको सर्वोत्कृट खेलाडी थ्री स्टारका सुशिल राई घोषित भए । उनले यामाहाको सेलुटो मोटरसाईकल प्राप्त गरे । 

बिजेता टीम थ्री स्टारले ६ लाख रुपैयाँ हात पारेको छ, भने उप बिजेता त्रिभुवन आर्मी क्लबले ३ लाख पाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै