बारा । बाराको सिमरामा भएको १० औं सिमरा गोल्ड कपको उपाधी रुस्लान थ्री स्टार क्लबले हात पारेको छ ।
शनिवार भएको फाईनल खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै थ्री स्टार क्लब १०औं सिमरा गोल्ड कपको उपाधी उचालेको हो ।
सिमरा रंगशालामा भएको फाईनल खेलको ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै तर्फबाट गोल गर्ने धेरै अवसरहरु पाए पनि गोल गर्न नसक्दा खेल टाईबेकरमा गएको थियो । खेललाई ९० मिनेट पछि सिधै टाईबेकरमा लगिएको थियो । पेनाल्टी सुटआउटमा थ्री स्टारले ७-६ गोल अन्तरले आर्मीलाई पराजित गरेको थियो ।
खेलको म्यान अफ द म्याच थ्री स्टारका गोल रक्षक एलन न्यौपाने भए । उनले नगद १० हजारसहित ट्रफि हात पारे ।
खेल अवधिको सर्वोत्कृट खेलाडी थ्री स्टारका सुशिल राई घोषित भए । उनले यामाहाको सेलुटो मोटरसाईकल प्राप्त गरे ।
बिजेता टीम थ्री स्टारले ६ लाख रुपैयाँ हात पारेको छ, भने उप बिजेता त्रिभुवन आर्मी क्लबले ३ लाख पाएको छ ।