• २०८१ बैशाख १७ सोमबार

दुर्लभ पाटे बाघ मृत फेला

kharibot

फाइल तस्बीर

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जको राप्ती किनारस्थित जर्नेलीघाटमा पानीमा डुबेको अवस्थामा मृत दुर्लभ पाटे बाघ फेला परेको छ । 

शुक्रबार करीब १३ वर्षको वयस्क भाले बाघ मृत फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले जानकारी दिए । मृत बाघको शरीरमा चोटैचोट भेटिएकाले अर्को भाले बाघले आक्रमण गर्दा सो बाघको मृत्यु भएकोे हुन सक्ने ढकालले जानकारी दिए । 

राप्ती नदीमा माछा मार्न गएका स्थानीयवासीले मृत बाघलाई देखेपछि निञ्कुजलाई खबर गरेका थिए । सन् २०१८ मा भएको राष्ट्रिय बाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । गणना भएयता योसँगै दुईवटा बाघको मृत्यु भइसकेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै