• २०८१ बैशाख १५ शनिबार

प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आईसक्यो : पौडेल 

kharibot

काठमाडौं, २७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पारे । उनले भने,‘यो विषयमा पार्टीको सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक हो । यसमा अब अल्झिनुपर्दैन् ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यो विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ती जारी गरेर भयानक गल्ती नगरेको पनि स्पष्ट पारे । उनले भने,‘नेपालस्थित् अमेरिकी राजदुत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ। राजदुतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

साक्षात्कारमा बोल्दै नेता पौडेलले अमेरिकी राजदुतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिईसहेको खुलासा गरे । उनले भने,‘सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यक रुपमा उचाल्नुहुँदैन् ।’

पौडेलले हिजोमात्रै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच तीन घण्टा लामो भेटवार्ता भएको जनाए । उनले भने,‘उहाँहरुबीच तीन घण्टा कुराकानी भयो । मिलेर जाने सहमति भएको छ। अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको छ ।’ 

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आगामी दिनमा मिलेर जानेबारे गम्भिर कुराकानी भएको पनि पौडेलले जनाए । उनले भने,‘सरकार सञ्चालन गर्दा मिलेर अघि बढ्ने र निर्णय गर्दा सल्लाह गर्नेबारे उहाँहरुबीच सहमति भएको छ । पार्टी एकीकरणको कामलाई दुवै अध्यक्षले पहलकदमी लिने र फत्ते बनाउने पनि गम्भिर कुरा भएको छ । पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे पनि उहाँहरुबीच कुरा भएको मैले पाएको छु।’

फरक प्रसँगमा उनले पूर्व प्रधानमन्त्री, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले वक्तव्य जारी गर्दा शब्दहरु ख्याल गर्नुपर्नेमा जोड दिए । उनले भने,‘शब्दहरुको ख्याल पुर्याउनुपर्छ । अरु कुनैपनि राष्ट्रलाई चिढ्याउनुहुँदैन् ।’

उनले नेपालले शान्ति प्रक्रिया मौलिक ढंगले टुँगो लगाउने काम गरिरहेको सुनाए । तर, केही अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु र केही ‘संघ÷संस्थाहरुले यो विषयलाई उचाल्ने काम गरेको उनको आरोप छ । उनले भने,‘संघ÷संस्थाहरु भनेर मैले कांग्रेसलाई भन्न खोजेको होईन । कांग्रेस त शान्ति प्रक्रिया टुँगो लगाउन दृढ छ । हामी सबै मिलेर कोशिस गरिरहेका छौं ।’ 

नेता पौडेलले वर्तमान सरकार गठन भएको एक वर्ष पुग्न लागेको सुनाउँदै यो एक वर्षको कार्यकाल हेर्दा सरकार सापेक्षित रुपमा सफल भएको दाबी गरे । उनले भने,‘सरकारको एक वर्ष सापेक्षित रुपमा सफल छ । तर, उत्साहजनक छैन् ।’

यद्धपी उनले सरकारले गम्भिर गल्ती नै भने नगरेको जिकिर गरे । उनले थपे,‘सरकारले यो अवधिमा केही कामहरु गर्न प्रयत्न गरेको छ । त्यही भएर असफल नै भनेर भन्न मिल्दैन् । दुई तिहाईको सरकार छ । त्यही भएर जनताका असिमित चाहनाहरु छन् । ती चाहनाहरु सम्बोधन नहुँदा आलोचनाको मात्रा बढेको हो ।’

पौडेलले अर्को बजेट ल्याउँदाखेरि सरकारको काम तिव्रताका साथ अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘त्यहीअनुसारको होमवर्क भैसकेका छन् ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै