• २०८१ बैशाख २२ शनिबार

हेलो सरकारमा ५ हजारभन्दा बढी गुनासो गर्ने प्रनिश 

kharibot

प्रनिश थापा

काठमाडौँ । नेपाल सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत  संचालन गरेको गुनासो गर्ने हेलो सरकारमा एउटै ब्यक्तिले ५ हजार पटक गुनासो गरेको रेकर्ड भएको छ । 

चितवनका २१ वर्षिय प्रनिश थापाले हेलो सरकारमा ५ हजारभन्दा बढी गुनासो दर्ता गराएका हुन् ।  खरीबोटसँग कुरा गर्दै हेलो सरकारका प्रमुख प्रद्युम्न प्रसाद उपाध्यायले चितवनका प्रनिश थापाले हेलो सरकारमा सबैभन्दा बढी गुनासो टिपाएको जानकारी दिए । 

प्रधानमन्त्रीको कार्यालयमा रहेको हेलो सरकारमा रहेको रेकर्ड अनुसार प्रनिशले ५ हजार भन्दा बढी गुनासा दर्ता गराएका छन । 

हाल २१ वर्ष पुगेका प्रनिशले १३ वर्षको उमेरदेखी हेलो सरकारमा गुनासो  टिपाएको  खरीबोटलाई बताएका छन । वि.स. २०६८ साल कात्तिक १७  गते बाबुराम भट्टराईको पालमा हेलो सरकार सुरु भएको थियो । सरकारले हेलो सरकार सुरु गरेको पर्सिपल्ट  १९ गतेबाट गुनासो टिपाएका प्रनिशले हाल सम्ममा ८ हजार गुनासो गरिसकेका छन ।  ५ हजार दर्ता भएका छन भने ३ हजार दर्ता नभएका गुनासा छन् । थापाले मंगलबार मात्र ४० वटा गुनासो टिपाएको बताएका छन । 

सरकारले जनताको समस्या सुन्ने र समयमै समाधान गर्छ भन्ने  संचारमाध्यामबाट जानकारी पाएपछि गुनासो टिपाउन उत्साहित भएको उनको भनाई छ । 

१३ वर्षको उमेरबाट गुनासो टिपाउन सुरु गरेका प्रनिश अहिले २१ वर्षको भईसकेका छन । शैक्षिक क्षेत्रको सुधारको माग गर्दै हेलो सरकारमा पहिलो गुनासो टिपाएको सम्झिदै भन्छन् “मैले पहिलो गुनासो २०६८ साल कात्तिक १९ गते शैक्षिक क्षेत्रको बेतिथिको सुधारको माग गर्दै टिपाएको थिए ।”  त्यो दिनबाट आजसम्म गुनासो टिपाउन छोडेको छैन्, बिरामीको बेला हस्पिटलको बेडमा हुँदा र चाडपर्व मनाउँदै गर्दा किन नहोस् गुनासो गर्न छोडेको छैन उनले भने । 

थापाले सबैभन्दा बढी गुनासो गृहमन्त्रालयमा गरेका छन । उनले हाल सम्ममा २५ सयदेखी ३ हजार वटा गुनासो गृहमन्त्रालयमा गरेको भएता पनि गृहमन्त्रालयले १० प्रतिशत पनि गुनासो फछौट् नगरेको उनले  बताए । उनले गरेका गुनासा मध्य शिक्षा, स्वास्थ्य, रोजगार मन्त्रालयसँगै बिधुत प्राधिकरणमा गरेको गुनासो समयमै फछौट् भएका छन ।  

प्राधिकरणमा गरेको गुनासो ३ दिन भित्रमा फछ्यौट हुने उनको भनाई छ ।  उनले शिक्षा, स्वास्थ्य र प्रहरी प्रशासनको ब्यतिथिको बारेमा बढी गुनासो गर्दै आएका छन । गुनासो टिपाए पनि कतिपय गुनासो सुन्ने र कार्यन्वयन नहुने भएकाले गुनासोकर्तामा निराशा पलाएको थापाले बताए । 

गृह मन्त्रालयले आफ्नो गुनासो सुने पनि सम्बोधन गर्न कुनै पहल कदमी नचालेकाले आफ्नो सयमको बर्वादी भएको बताएका उनले, गुनासो टिपाएपछि हेलो सरकारले समस्या समाधान गर्न निर्देशन दिए पनि सम्बन्धित निकायले नसुनेपछि मनमा निराशा पलाउने उनको भनाई छ । आफूले एउटा कुनै जिल्ला र ठाउँ बिशेष नभएर सबै लागि हुनेगरी पुर्व मेचिदेखी पश्चिम महाकाली सम्मका सबै सबै क्षेत्र र बिषयको बारेमा  गुनासा टिपाउने गरेका थापाले, गुनासो दर्ता गराउनु अघि सकेसम्म समस्या भएको ठाउँसम्म पुगेर यथार्थ हो हैन,  निर्क्यौल गरेर मात्र टिपाउने गरेको बताएका छन । भन्छन् “ समस्या भेरीफाई नगरी टिपाउँदा यतार्थ हो हैन थाहा हुदैन त्यसैले भेरीफाई गरेर मात्र गुनासो टिपाउँछु ।”  सकेसम्म त्यो ठाउँ सम्म आफै पुगेर फोटो, भिडियोसमेत लिने गरेको उनले बताए । 

गुनासो गर्दा दुर्व्यबहार भयो :

विगत ७ वर्षदेखी हेलो सरकारमा गुनासो टिपाउन सक्रिय रहदै आएका प्रनिशले गुनासो धेरै टिपाएको भन्दै आफूमाथि दुर्व्यहार समेत भएको बताएका छन । “तपाईको गुनासो धेरै भयो भनी म माथि दुर्व्यवहार भयो” उनले भने ।  यस्तो ठाउँमा यस्तो समस्या छ भनेर बाटो देखाउँदा तारिफ गर्नुपर्नेमा मनोबल गिराउने काम भयो  मलाई डोमीनेन्ट फिल भयो उनले भने । 
हेलो सरकारले जनताको लागि दत्तचित्त भएर काम गरेन भनेर  राष्ट्रपति र  प्रधानमन्त्री कार्यालयसम्ममा गुनासो गरेको उनले बताए 

सुरुवाती समयमा फोनबाट नै गुनासो टिपाउँदै आएका थापाले पछिल्लो समय भने ईमेल मार्फत गुनासो गर्न थालेका छन । उनले अहिले सम्ममा ईमेलबाट ४ हजार गुनासो गरिसकेका छन । 

गुनासो गर्ने बानीले पत्रकारीताको थालनी :

१३ बर्षको उमेरबाट हेलो सरकारमा गुनासो गर्न सुरु गरेका प्रनिश अहिले  २१ बर्षका भइसकेका छन । सानैदेखी पत्रपत्रिका पढ्न रुचि राख्ने उनी आफूले पत्रपत्रिकामा पढेको समाचारलाई फलो गर्दै धेरै ठाउँसम्म पुग्ने र यथार्थ बुझ्ने काम समेत गर्छन । त्यसैले त उनी अध्ययनसंगै पत्रकारीता पेसामा होमीएका छन । आफू पत्रकार बन्नमा हेलो सरकारमा गुनासो गर्ने बानीले सम्भव भएको बताउने उनी बेतिथि कता भएको छ त्यो बुज्ने बातावरण हेलो सरकारमा गुनासो टिपाउने बानिले बसेको र यहि बानीले पत्रकारीता गर्न उर्जा मिलेको बताउँछन ।  

उमेर सानै भएपनि उनको मेहनत र इमान्दारीताको कारण हाल उनी माउन्टेन टिभिको जिल्ला रिपोर्टर र  स्थानीय अनलाईन मिडियामा कार्यरत छन्  । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै