घुस नखाने, चोरी नगर्ने काल आएर गयो
पहिलो भेटमै मेरुदण्डमा चोट लाएर गयो ।
मलाई पनि दिनसम्म दियो दुःख उसले
काम पुरा नगरी उ आफै दुख पाएर गयो ।
बाँच्नु नै जीवन रहेछ, हामी हर्षमा गाउँदै छौँ
थाहा भएन उसले कुन.कुन गीत गाएर गयो ।
सबैलाई मित्र देख्ने म, काल पनि मित्र बन्यो
ऊ टाढा थियो वा नजिक मसम्म धाएर गयो ।
ममा के गुण वा दोष थियो थाहा भएन
निकै संघर्ष गर्यो र अन्त्यमा हार खाएर गयो ।।
सुवास जमरकट्टेल
स्पाइनल इन्जुरी रिहाविटेसन सेन्टर
साँगा, काभ्रे