• २०८१ बैशाख १६ आइतबार

राष्ट्रपति मदुरोको विरोधमा सडकमा उत्रिए लाखौं भेनेजुएली

kharibot

कराकस (भेनेजुएला) । भेनेजुएलामा कयौं दिनदेखि राष्ट्रपति निकोलास मदुरो र विपक्षी नेता हुवाँ गुएइदोबीच चलिरहेको सत्ता संघर्षले नयाँ मोड लिएको छ । 
भेनेजुएलाको राजधानी कराकसमा हुवाँ गुएइदोको समर्थनमा ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् । कयौंको हातमा मदुरोलाई पद छोड्न भनिएका प्लेकार्ड छन् । राष्ट्रपति मदुरोले बीबीसीसँगको अन्तर्वातामा अन्तर्राष्ट्रिय समुदायसँग कथित अमेरिकी हस्तक्षेपको विरुद्धमा सहयोग गर्न आग्रह गरेका छन् । 
गुएइदो आफै नेतृत्व गरिरहेका छन् । 

कराकसमा प्रदर्शनमा सहभागी मानिसहरु मदुरोलाई सत्तँ छोड्न र भेनेजुएलामा मानिसको लागि मानवीय सहयोगको माग गरिरहेका छन् । यो प्रदर्शनको नेतृत्व विपक्षी नेता हुवाँ गुएइदोले गरिरहेका छन् । 

कराकसमा भीडलाई सम्बोधित गर्दै गुएइदोले विरोध प्रदर्शन जारी राख्ने घोषणा गरेका छन् । उनले भनेका छन्, ‘यो प्रदर्शन उनीहरुको लागि एक सन्देश हो जसले विरोध छिट्टै सकिन्छ भन्ने सोचेका छन् ।’

उनले भाषणमा भनेका छन्, ‘जबसम्म भेनेजुएलालाई स्वतन्त्रता मिल्दैन र स्वतन्त्र चुनाव हुँदैन, तबसम्म हामी यहीँ रहनेछौं ।’
निकोलास मदुरोले बीबीसीलाई दिएको अन्तर्वातामा भेनेजुएलामा कथित अमेरिकी प्रतिबन्धलाई आफ्नो देश कब्जा गर्ने प्रयास भएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको माग गरेका छन् । 

मदुरोले भनेका छन्, ‘म संसारभरका मानिससँग आफ्नो आँखा खोल्न र जाग्न अनुरोध गर्छु । हेर्नुहोस्, शान्तिपूर्ण देशमा कसरी आक्रमण भइरहेको छ ।’
‘भेनेजुएलामा त्यस्तै समस्या छ जस्तो संसारका अन्य देशमा छ । यदि तपाईंहरुलाई साँच्चै सहयोग गर्नु छ भने शान्तिको समर्थन गर्नुहोस् । अमेरिकासँग भन्नुहोस् कि उसले हाम्रो देशमा हस्तक्षेप नगरोस्,’ मदुरोको भनाइ छ । 

गत महिना राष्ट्रपति मदुरोले राष्ट्रपतिको रुपमा दोस्रो कार्यकालको शपथ लिएका थिए । तर, विपक्षी नेताले चुनावमा धाँधली भएको आरोप लगाउँदै चुनाव बहिष्कार गरेका थिए । पछि विपक्षी नेता हुवाँ गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । 

त्यसपछि अमेरिका लगायत करीब २० राष्ट्रले गुएइदोलाई समर्थन गरे भने रुस, चीन र टर्कीजस्टा केही देशले मदुरोलाई समर्थन गर्ने घोषणा गरे । 

पछिल्ला केही वर्ष भेनेजुएला आर्थिक संकटबाट गुज्रिरहेको छ । त्यसैले यहाँ गरीबी र महँगी भारी मात्रामा बढिरहेको छ भने सरकारी सेवाको अवस्था निकै खराब छ । ठूलो संख्यामा देशका नागरिक पलायन भइरहेका छन् र धेरै जनता मदुरोसँग असन्तुष्ट छन् । 

मदुरोको विरोधमा अमेरिकाले प्रतिबन्ध लगाएपछि भेनेजुएलाको अवस्था झन् खराब भएको छ । निकोलास मदुरोले राष्ट्रको अस्थिरताको दोष अमेरिकालाई लगाइरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय