• २०८१ बैशाख १५ शनिबार

राप्रपा स्वाभिमान यात्रा : मकवानपुरमा ७०१ जनाको आयोजक समिति 

kharibot

हेटौडा । राप्रपाको आयोजनामा आगामी फागुन १५ देखि ३० गतेसम्म संचालन हुने मेची- महाकाली स्वाभिमान यात्राको तयारी लाई मकवानपुरमा तीब्रता दिईएको छ । 

पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष मधु अधिकारिको अध्यक्षतामा आज स्वाभिमान यात्रा तयारी बैठक बसेको छ । 

बैठकलाई सम्बोधन गर्दै राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले धर्म,सस्कृती र पहिचानको रक्षा,राष्ट्रियताको संरक्षण, भ्रष्टाचारको अन्त्य, आर्थिक समृद्धि, महिला हिंसा र सामाजिक बिभेदको अन्त्यको निमित्त जनतालाई जागृत गराउन स्वाभिमान यात्राको आयोजना गरिएको बताए । 

निराशा र निष्कृयताको अन्त्य गरि उच्च मनोबलका साथ संगठन निर्माणमा केन्द्रित हुनुपर्ने बताउदै बर्तौलाले राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न सबैको सहयोग आबस्यक भएको चर्चा गरे। केन्द्रिय भ्रमण टोलिका सदस्यद्वय प्रकाश रिमाल र गोपाल पौडेलले पार्टी संगठनलाई केन्द्रमा राखेर युद्धस्तरमा साङ्गठानिक गतिविधि अगाडि बढाउन आग्रह गरे । 

मकवानपुरलाई राष्ट्रबादीहरुको किल्ला बनाउन सफलता मिलोस् भन्ने शुभेच्छा पनि उनिहरुले प्रकट गरे । राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीले स्वाभिमान यात्रालाई सफल पार्न मकवानपुरले कुनै कसर बाकी नराख्ने प्रतिबद्धता ब्यक्त गरे । नगर अध्यक्ष गुरुप्रसाद सापकोटाले स्वागत गरेको बैठकले जिल्ला अध्यक्ष मधु अधिकारिको संयोजकत्वमा ७ सय एक सदस्यीय मुल आयोजक समिती गठन गरेको छ । 

बैठकले स्वाभिमान यात्राको निमित्त विभिन्न ११ वटा उप- समितीहरु गठन गरेको नगर अध्यक्ष गुरु सापकोटाले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै