• २०८१ बैशाख १७ सोमबार

थानकोटमा कृषि विकास बैंकको बैंकिङ शाखाको समुदघाटन 

kharibot

काठमाडौँ । काठमाडौँको थानकोटमा कृषि विकास बैंकले आफ्नो बैंकिङ कार्यालय खोलिएको छ । काठमाडौ जिल्ला चन्द्रागीरी नगरपालीकाकोल्हवी–५ मा कृषि विकास बैंक लि.को शाखा कार्यालयको चन्द्रागिरी नगरपालीकाका मेयर घनश्याम गिरी, बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवाल, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायबाट संयूक्त रुपमा औपचारिक समुदघाटन सम्पन्न भएको छ । 

कार्यक्रममा विशिष्ठ अतिथका रुपमा चन्द्रागीरी नगरपालीकाका उपमेयर लिसा नकर्मी, कृषि विकास बैंक लि.का ब्राण्डएम्वेस्डर दिपाश्री निरौला उपस्थित रहेका थिए । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंक लि.ले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्ट (एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधा) को बारेमा जानकारी गराउनुका साथै बैंक हजुरहरुको जिम्मामा सुम्पिएको छौ यसको लालनपोषण गर्ने जिम्मा स्थानीय जनप्रतिनिधी र आम स्थानीय बासी रहेको हुंदा स्थानीय जनताको सहयोग निरन्तरभएमा बैंकले भविष्यमा बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवाउपलव्ध गराउने विषयमा प्रकाश पारेका थिए । 

कार्यक्रमका प्रमुख अतिथी तथा चन्द्रागीरी नगरपालीकाका मेयर घनश्याम गिरीले विकासको मुख्य साधन  सरकारी संस्थाहरु भएको सन्दर्भमा कृषि विकास बैंक पनि एक सरकारी बैंक भएकोले सम्पूर्ण स्थानीय जनताहरुले सानो भन्दा सानो रकम कृषि विकास बैंक लि.मा निक्षेपको रुपमा जम्मा गर्नुपर्ने बताए । यसरी जम्मा भएको रकम उद्यमी गर्न चाहने स्थानीय जो कोहि लाई नियमानुसार बैकले वित्तीय सहयोग उपलव्ध गराउने भएकोले सम्पूर्ण उपस्थित स्थानीय जनसमुदायलाई बैंकमा खाता खोल्न आग्रह गर्नुका साथै नगरपालीकाको सम्पूर्ण कारोबार कृषि विकास बैंकबाट नै गर्ने व्यवस्था मिलाउने कार्यमा आफू लागि पर्ने बताए । 

बैंक संचालक समितिका अध्यक्ष तथा उदघाटन कार्यक्रमका प्रमुख अतिथि क्षेत्र बहादुर सेंजुवालले बैंकलाई दुख सुखको साथीको रुपमा हेर्न आग्रह समेत गर्नुका साथै कृषि विकास बैंक लि ले सुशासन सहितको गणस्तरीय सेवा उपलव्ध गराउने कुरा आम जनसमुदायलाई ढुक्क हुन आग्रह गरे । 

चन्द्रागिरी सहकारी संघका अध्यक्ष केशवराज शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय जनताको तिव्र चाहना र आफुहरुको अनुरोध समेतलाई ध्यानमा राखी चन्द्रागीरी नगरपालिकामा बैंक स्थापना गरि दिएकोमा बैंक परिवारलाई विशेष धन्यवाद दिंदै,बैंकलाई अबका दिनमा स्मार्ट बैंकको रुपमा विकास गर्दै स्थानीय जनताको आवश्यकता तथा चाहना अनुरुप आफना सेवाहरु संचालन गर्न सकोस भनि शुभकामना व्यक्त गरे । 

कृषि विकास बैंक लि.का ब्राण्ड एम्बेस्डर तथा कार्यक्रमका विशिष्ठ अतिथी दिपाश्री निरौलाले कार्यक्रमलाई सम्बोधन गर्दै बैंकले उपलव्ध गराउने सेवाहरुको पूर्णरुपमा उपभोग गर्दैै बैंकको विकासमा साथ दिन आग्रह गरीन् । 

उदघाटन कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय काठमाडौका मुख्य निर्देशक प्रताप सुवेदीले बैंकले अबका दिनमा थानकोट बासीलाई मन छुने गरी उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा, बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा प्रकाश पारेका थिए । 

समुदघाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक लि क्षेत्रिय कार्यालय काठमाडौका निर्देशक तारानाथ पाण्डेले गरेका थिए । स्थानीय सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कृषि विकास बैंक लि.का उप–महाप्रबन्धकहरु पूर्ण प्रसाद आचार्य, चुडामणी तिम्सिेना, अरुण कुमार ढुंगाना, विभागीय प्रमुखहरु निर्मलप्रसाद उपाध्याय, मिनराज पोखरेल,  सुदिप कुमार दाहाल, बासु अधिकारी, प्रबक्ता हिमलाल पौडेल, शाखा कार्यालयका प्रबन्धकहरु गोकुल पनेरु, उदय नेपालको समेत उपस्थिती रहेको थियो । 

सो कार्यक्रममा बैंकमा पहिलो खाता खोल्ने ग्राहक महानुभावहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले चेकबुक हस्तान्त्रणसमेत गरेका थिए । सो उदघाटन कार्यक्रमको संचालन कृषि विकास बैंक ली. शाखा कार्यालय थानकोटका प्रबन्धक नारायणलाल श्रेष्ठले गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै