वाशिंगटन । अमेरिकाको सिकागोको औद्योगिक क्षेत्रमा भएको बन्दुक आक्रमणमा ५ जनाको मृत्य भएको छ ।
गएराती भएको बन्दुक अक्रममा ५ सुरक्षाकर्मीको मृत्यु भएको र आक्रमणकारीको पनि मृत्यु भएको मिडिया रिपोर्टमा बताइएको छ ।
आक्रमण गर्ने ४५ बर्षिय गेरी मार्टिन रहेको र उनी बन्दुक आक्रमण स्थल इलिनोइसको हेनरी प्राट कम्पनीमा काम गर्ने कर्मचारी नै रहेको उल्लेख गरिएको छ ।
कम्पनिका एक कर्मचारीले आक्रमणकारी सोहि कम्पनीको कर्मचारी भएको र उसको हातमा पेस्तोल रहेको मिडियालाई बताएका छन् ।