• २०८१ बैशाख १७ सोमबार

कीर्तिपुर केन्द्रबिन्दु भई ४ रेक्टरको परकम्प

kharibot

काठमाडौँ । कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रेक्टर स्केलको परकम्प भएको छ । आज साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 

उनका अनुसार यो भूकम्प नभई गोरखा भूकम्पको परकम्प हो । काठमाडौँमा पनि परकम्पको ठूलो धक्का महसुस भएको थियो । यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो । 

त्यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रेक्टरको परकम्प गएको थियो । विसं २०७२ वैशाख १२ को ७.६ रेक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५११ परकम्प गएको केन्द्रले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै