• २०८१ बैशाख १५ शनिबार

मेसीको निर्णायक गोलमा बार्सिलोना विजयी 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल भल्लाडोलिडमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती बार्सिलोनाको आफ्नै घरेलु मैदानमा भएको खेलमा लियोनेल मेसीको एक मात्र गोलको मद्धतले बार्सिलोनाले भल्लाडोलिडमाथि १-० को जित हासिल गरेको हो ।

मेसीले खेलको ४३औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । मेसीले खेलको ८५औ मिनेटमा पाएको अर्को पेनाल्टीलाई भल्लाडोलेडका गोल किपर जोर्डी मसिपले बचाएका थिए । मसिपले यस सिजनमा कुल ५ पेनाल्टी बचाएका छन् ।

मेसीले यस सिजनमा बार्सिलोनाका लागि सबै प्रतियोगितामा आफ्नो ३०औ गोल गरेका छन् ।

बार्सिलोनाले जितपछि २४ खेलमा ५४ अंक बटुल्दै दोस्रो स्थानमा रहेको एथलेटिकोभन्दा ७ अंकले अगाडी रहेको छ । त्यस्तै रियल म्याड्रिड भने एक खेल कम खेल्दै ४५ अंकसहित बार्सिलोना भन्दा ९ अंक पछाडी रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै