• २०८१ बैशाख १४ शुक्रबार

एकेडेमीले निर्णय उल्ट्यायो, अब ओस्कारमा सबै अवार्डहरू प्रत्यक्ष प्रशारण हुने

kharibot

काठमाडौँ । 'द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्स'ले यस वर्षको ओस्कारको प्रत्यक्ष प्रशारणमा ४ वटा विधाका अवार्डहरूलाई कमर्सियल विज्ञापनका बेला प्रशारण गर्ने आफ्नो निर्यणलाई शुक्रबार एक विज्ञप्तिसहित उल्ट्याएको छ । फेब्रुअरी ११ मा गरिएको एकेडेमीको यस्तो निर्यणमाथि चौतर्फी विरोध आएकपछि निर्णय उल्ट्याइएको हो ।

फेब्रुवरी २४ मा एबीसी टेलिभिजनबाट प्रसारण हुने ९१ औं एकेडेमी अवार्डका २४ विधामध्ये उत्कृष्ट सिनेमेटोग्राफी, उत्कृष्ट लाइभ एक्सन शर्ट फिल्म, उत्कृष्ट फिल्म सम्पादन, र उत्कृष्ट मेकअप र हेयरस्टायल विधाहरूलाई कार्यक्रमको अवधि छोट्याउनका लागि टेलिभिजनको प्रत्यक्ष प्रसारणमा नदेखाइने बताइएको थियो । गत वर्षको लाइभ ब्रोडकाष्टको रेटिङ निकै कम आएका कारण एकेडेमीले यस वर्षको प्रसारण समय ३ घण्टामा सिमित गर्नुलाई आफ्नो प्राथमिकतामा राखेको थियो । उल्लेखित चार अवार्डहरूलाई पुनःप्रसारणमा भने देखाइने र अनलाइनमार्फत लाइभ हेर्न सकिने व्यवस्था गरिएको थियो । विजय भाषणलाई पनि सम्पादन गरेर स्टेजसम्म गएको भागलाई हटाइने बताइएको थियो । 

तर एकेडेमीको यस्तो निर्यणले चार विधामाथि घोर अपमान गरेको भन्दै चर्चित फिल्मकर्मीहरू कुइन्टिन ट्यारेन्टिनो, गुलेर्मो डेल टोरो, मार्टिन स्कोरसेजी, स्पाइक लीलगायतले यसको विरोधमा संयुक्त विज्ञप्ति जारी गरेका थिए । एकेडेमीले भने लगतै संचारमाध्यममा आफ्नो निर्यणलाई गलत रुपमा बुझिएको जिकिर गरेको थियो ।

चौतर्फी विरोधपछि एकेडेमीले अन्तत शुक्रबार एक विज्ञप्ति जारी गर्दै २४ वटै अवार्डहरू लाइभ प्रसारण गरिने भन्दै आफ्नो पछिल्लो निर्णयलाई उल्ट्याएको थियो । तर उक्त सम्बोधनमा ३ घण्टाको कार्यक्रम अवधिमा घटबढ हुने वा नहुनेबारेमा केही खुलाइएको छैन ।

बेस्ट पपुलर फिल्म

२०१८, अगस्त ८ मा एकेडेमीले वर्षका लोकप्रिय फिल्मंलाई पुरस्कृत गर्न ओस्कारमा 'बेस्ट पपुलर फिल्म' नामको एक नयाँ विधा थप्ने घोषणा गरेको थियो । तर यसलाई लिएर निकै नकारात्मक टिप्पणीहरू आएपछि अर्को महिना एक विज्ञप्ति जारी गरेर ओस्कारले यस विधाबारे थप अध्ययन गर्ने भन्दै तत्कालललाई हटाएको थियो ।

होस्ट रहित ओस्कार

डिसेम्बरको सुरुवातमा एकेडेमीले यस वर्षको ओस्कार होस्टका रुपमा केभिन हार्टलेलाई छानेको थियो । लगतै हार्टले एक ट्वीटमार्फत यो जिम्मेवारी पाएकोमा आफू निकै गौरवान्वित भएको बताएका थिए । तर त्यसपछि सामाजिक संजालमा उनले विगतमा समलिंगीहरूलाई लिएर गरेका पूर्वाग्रहयुक्त टिप्पणीहरूले विवाद सिर्जना गरेका थिए । र छनौट भएको दुई दिनमै हार्टले आफू ओस्कार समारोहका लागि विवादको विषय बन्न नचाहेको भन्दै होस्टबाट पछि हटेका थिए ।

यस विवादपश्चात एकेडेमीले यस वर्ष होस्ट बिना नै ओस्कार आयोजना गर्ने बताएको छ । यस वर्षको ओस्कारमा केही चुनिएका प्रस्तोताहरूले अवार्डका विभिन्न भागहरू प्रस्तुत गर्ने छन् । यससँगै ओस्कारको ९१ वर्षको इतिहासमा यो पाचौं होस्ट रहित अवार्ड हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै