• २०८१ बैशाख १४ शुक्रबार

रुपन्देही ३३ रनमा अलआउट, जितपछि काठमाडौँ क्वालिफायरमा 

kharibot

काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा रुपन्देही च्यालेन्जर्स ३३ रनमा अलआउट भएपछि काठमाडौँ गोल्डेन्ससँग सय रनले पराजित भएको छ ।
जितसँगै काठमाडौँ गोल्डेन्स प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।

काठमाडौँ गोल्डेन्सले दिएको १३४ रनको लक्ष्य पछाएको रुपन्देही १५.१ ओभरमा ३३ रन मात्र बनाएर अलआउट भएपछि खेल सय रनले गुमाएको हो ।

रुपन्देहीका लागि कुनै पनि व्यट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भए । रुपन्देहीका लागि समित महर्जनले सर्वाधिक ५ रन बनाएका थिए । प्रदीप ऐरीले ४, सन्दीप सुनवार, बबर ह्यात, पुनिश मेहरा, बिक्रम सोबले ३-३ रन बनाएका थिए । 

काठमाडौँका लागि नन्दन यादवले ३ विकेट लिए भने ललित राजबंशी र सुर्य तामाङले २-२ विकेट लिए । 

यसअघि काठमाडौँले २० ओभरमा ७ विकेट गुमाउदै १३३ रन बनाएको थियो । काठमाडौँका लागि अंकित डबासले सर्वाधिक ४३ रन बनाए भने अनिल शाहले २३ रन बनाएका थिए ।

यो जितपछि काठमाडौँ गोल्डेन्सले ४ खेलमा तेस्रो जित हासिल गर्दै कुल ७ अँ बटुलेको छ । काठमाडौँले एक खेल वर्षाले रद्ध भएपछि अंक बाडेको थियो ।

त्यस्तै रुपन्देहीको भने ४ खेलमा २ खेलमा जित र २ हारसहित ४ अंक बटुलेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै