खेलाडी प्रतिबन्धमा परेपछि काठमाडौँ गोल्डेन्सद्वारा क्वालिफायर बहिष्कार

खरीबोट

अंकित डबास ।

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को आज हुने क्वालिफायर्स काठमाडौं गोल्डेनले बहिष्कार गरेको छ । आफ्ना अलराउन्डर खेलाडी अंकित डबासलाई बलिङ गर्न प्रतिवन्ध लगाइएको विषयमा असन्तुष्टि जनाउँदै उसले खेल बहिष्कार गरेको हो ।

शंकास्पद बलिङ एक्सनका कारण काठमाडौंका भारतीय खेलाडी डबासलाई आयोजकले बलिङमा प्रतिवन्ध लगाइएको थियो । 

एम्पायरले दुई पटकसम्म अंकितको बलिङ एक्सनमा उजुरी गरेपछि उनको बलिङको भिडियो विश्लेषण गर्दा उनको एक्सन गलत भेटिएपछि उनलाई डिपिएलका बाँकी खेलमा बलिङ गर्न प्रतिबन्ध लगाउने निर्णय विहिबार गरिएको थियो ।

दिल्लीका २६ बर्षिय अंकित काठमाडौँ गोल्डेन्सबाट यसै सिजनमा डिपिएल खेल्दै ५ खेलमा ६ विकेट लिएका छन् । अंकितले पछिल्लो खेल अत्तरियाविरुद्धको खेलमा ११ रन दिएर २ विकेट लिएका थिए । अलराउन्डर अंकित तीन वटा खेलमा म्यान अफ द म्याच भएका थिए । 

आईसीसीको नियम अनुसार बलरले बलिङ्ग गर्दा हात १५ डिग्री भन्दा बढी बाङ्गो गर्न पाइदैन। खेलको दौरान यदी अम्पायरले कुनै बलरले १५ डिग्री भन्दा बढी हात बाङ्गो गरेको पाएमा रिपोर्ट गर्न पाउने नियम रहन्छ ।

काठमाडौँ गोल्डेन्सले खेल बहिष्कार गरेपछि अब अर्को निर्णय भने डिपिएल आयोजकले गर्न बाँकी रहेको छ ।

डिपिएल अन्तर्गत आज काठमाडौँ गोल्डेन्स महेन्द्रनगर युनाइटेडसँग साढे १२ बजे दोस्रो क्वालिफायर खेल्ने तालिका रहेको छ ।

सम्बन्धित समाचार

डिपिएलमा दिपेन्द्रले जिते सुनको जुत्ता

काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर सिवाइसी अत्तरिया कप्तान दिपेन्द्रसिंह ऐरी बनेका छन् ।  दिपेन्द्र मोस्ट भ्यालुएवल प्लेयर बन्दै उनले ‘गोल्डस्टार गोल्डेन शू’ जितेका छन्

डिपिएलको उपाधि अत्तरियाले जित्यो 

काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि सिवाईसि अत्तरियाले जितेको छ । आज भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो । महेन्द्रनगरले दिएको

काठमाडौँले खेल बहिष्कार गरेपछि महेन्द्रनगर डिपिएलको फाइनलमा  

धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) को आज हुने क्वालिफायर्स काठमाडौं गोल्डेनले बहिष्कार गरेपछि महेन्द्रनगर युनाइटेड फाइनलमा पुगेको छ ।  डिपिएल आयोजकले काठमाडौँ गोल्डेन्सले खेल बहिष्कार गरेकाले आइसीसीको नियम अनुसार महेन्द्रनगर

भारतीय खेलाडी अंकितलाई डिपिएलमा बलिङ गर्न प्रतिबन्ध  

काठमाडौँ । जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा काठमाडौँ गोल्डेन्सबाट खेल्ने भारतीय खेलाडी अंकित डबासलाई बलिङ गर्न प्रतिबन्ध लागेको छ । एम्पायरले दुई पटकसम्म अंकितको बलिङ एक्सनमा उजुरी गरेपछि उनको


z