• २०८१ बैशाख १२ बुधबार

चौथो धनगढी प्रिमियर लिग फागुनमा हुने

kharibot

काठमाडौँ । सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ ।

धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र नेपाल क्रिकेट सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी फागुन ३ देखि १५ गतेसम्म संचालन हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिए । 

विभिन्न छ शहरका छ फ्रेन्चाइज टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।

अघिल्लो संस्करणको उपाधि सिवाइसी अत्तरियाले हात पारको थियो । त्यति बेलाको विजेता टोलीले रु ३० लाख पुरस्कार पाएको थियो । 

नेपालमा हुने तीन प्रमुख टी-२० लिग पोखरा प्रिमियर लिग आगामी नोभेम्बर १२ देखि २३ सम्म अर्थात कार्तिक २६ देखि मङ्सिर ७ सम्म हुने भएको छ भने एभरेष्ट प्रिमियर लिग (इपिएल) को यस बर्षको प्रतियोगिता आगामी फागुन १७ देखी चैत्र १ सम्म हुने घोषणा गरिसकिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै