• २०८१ बैशाख १५ शनिबार

त्रिविका शिक्षा शास्त्रका विद्यार्थी फागुन २ देखि धर्नामा 

kharibot

विभिन्न सात बँुदे माग राखी धर्नामा बसेका त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका विद्यार्थीहरुको धर्ना आज चौथो दिन पनि जारी छ । धर्ना फाल्गुन २ गतेदेखि सुरु भएको हो ।

विद्यार्थीहरुको माग सुनुवाइ गर्न त्रिवि प्रशासन र आन्दोलनरत विद्यार्थीहरुबीच आइतबार वार्ता भए पनि ठोष निर्णयमा भने पुग्न नसकेको आन्दोलनरत विद्यार्थीहरुका वार्ता टोलीका सदस्य भूपेन्द्र पाण्डेले जानकारी दिए । 

त्रिवि प्रशासनका तर्फबाट वार्ताटोलीमा गङ्गाबहादुर थापा मगरको संयोजकत्वमा सदस्य डा. रामचन्द्र भुसाल, सहायक डिन बलराम राय छन् ।

त्यस्तै, आन्दोलनरत विद्यार्थीका १३ सदस्यीय वार्ताटोलीमा हेमराज थापा, हेमराज शर्मा, भूपेन्द्र पाण्डे, शोभा बम, अजय पाण्डे, नवराज भुसाल, श्याम ओझा, राजन लम्साल, बबिदेबल, माया बिस्ट, रामजी बेलबासे, नवीन जिटि, मङ्गल थापा छन् ।

वार्ता निष्कर्षविहीन भई टुंगिएकाले थप वार्ताका लागि सोमबार दिउँसो २ बजे पुनः वार्तामा बस्ने सहमति भएको वार्ता टोलीका सदस्य भूपेन्द्र पाण्डेले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै