• २०८१ बैशाख १५ शनिबार

नेप्सेमा सामान्य करेक्सन : १६ करोड ४४ लाखको सेयर किनबेच

kharibot

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्सेमा सामान्य करेक्सन देखिएको छ । नेप्से आज शुन्य दसमलव ८४  अंकले बढेर ११ सय १३ दसमलव सात बिन्दुमा चढ्दा सेन्सिटिभ पनि शुन्य दसमलव २७ अंकले बढेर दुई सय ३६ दसमलव ६० बिन्दुमा चढेको छ । 

एक सय ५५ कम्पनीहरुको सात हजार एक सय ३९ वटा कारोवारमा चार लाख ७५ हजार सात सय ६६ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १६ करोड ४४ लाख ७८ हजार छ सय ८८ रुपैयाँको सेयर कारोवार भएको छ ।  

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा सात वटा समुहको कारोवार सुचक बढेर हरियो हुदा तीन वटा समुहको सुचक घटेर रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ३२ अंकले बढेर नौ सय ५३ दसमलव ३७ बिन्दुमा चढ्दा बिकास बैंक समुहको सुचक शुन्य दसमलव शुन्य दुई अंकले बढेर १४ सय १७ दसमलव २४ बिन्दुमा चढेको छ । यसैगरी निर्जिवन बीमा, जीवन बीमा, टेडिङ, फाईनान्स र अन्य समुहको सुचक बढेकाछन । जलबिद्युत समुहको सुचक भने एक दसमलव सात अंकले घटेर ११ सय १७ दसमलव ८३ बिन्दुमा झरेको छ । उत्पादनमुलक र लघुबित्त समुहको सुचक पनि घटेकाछन् ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको चौतारी लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८७ पैसाले बढेर छ सय एक रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ९० पैसाले घटेर १३ सय ५४ रुपैयाँमा कारोवार भएको छ । 

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको चौतारी लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता छ सय एक रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ४९ लाख १७ हजार नौ सय ४१ रुपैयाँको सेयर कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै