• २०८१ बैशाख १५ शनिबार

युरोपा लिगको अन्तिम १६ टिमको टुंगो, को को पुगे ?

kharibot

काठमाडौँ । युइएफए युरोपा लिग अन्तर्गत अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको छ । गएराती भएका खेलहरुबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको हो ।

प्रिमियर लिग क्लब चेल्सी र आर्सनल अन्तिम १६ मा पुगेका छन् । चेल्सीले माल्मोलाई समग्रमा ५-१ ले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो भने आर्सनलले बेटलाई समग्रमा ३-१ ले पराजित गर्दै अन्तिम १६ मा पुगेको हो ।

चेल्सी र आर्सनल बाहेक अन्तिम १६ मा पुग्ने अन्य टिममा स्पेनका तीन टिम सेभिल्ला, भलेन्सिया र भिल्ला रियल, पोर्चुगलको बेनिफिका, इटालीको इन्टरमिलान र नापोली, क्रोसियाको डाइनामो जाग्रेब, युक्रेनको डाइनामो किभ, जर्मनीको फ्र्यांकफर्ट, रसियाको क्रासनोडर र जेनिथ, फ्रान्सको रेनेज, अस्ट्रियाको स्ल्याजबर्ग, पराग्वेको स्लाभिया पराह रहेका छन् ।

युइएफएका अनुसार अन्तिम १६ को ड्र आज हुदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै