• २०८१ बैशाख १७ सोमबार

कृषि विकास बैंकद्धारा मौरीपालक किसानलाई उपकरण हस्तान्तरण

kharibot

काठमाडौँ । कृषि विकास बैंकले डडेल्धुराको आलीताल गांउपालिकामा सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत बैंकको जोगबुढा शाखाबाट मौरीपालक किसानलाई महकाढ्ने वेला प्रयोगमा आउने विविध उपकरण लगायतका सामग्रीहरु हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृति अनिल कुमार उपाध्यायको प्रमुख आतिथ्यमा आलिताल गाउंपालिकाका दलित तथा पिछाडीएका समूदाय समेतको जीवनस्तर उकास्ने गरी आर्थिक गतिविधिमा टेवा पु¥याउने अभिप्रायले महकाढ्ने वेला प्रयोगमा आउने विविध उपकरण लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको छ । 

सोहि कार्यक्रममा १३ जना किसान (९ जना महिला र ४ जना पुरुष ) ग्राहकहरुलाई सहुलियत कर्जा समेत उपलव्ध गराएको बैंकले जनाएको छ ।  उक्त समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गरेका थिए ।

उनले ५२ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धी का लागि  स्थापीत कृषि विकास बैंकले हाल आधुनिक प्रविधीमार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए । 

नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको यस बैंकले दुरदराज मा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनिहरुको क्षमता बृद्धिका लागि बिभिन्न बित्तिय साक्षरता एबम्  तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तररुपमा गर्दै आईरहेको समेत बताए । 

उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका उप–महाप्रबन्धक चुडामणी तिम्सिेना , सामान्य सेवाका विभागीय प्रमुख दिर्घ बहादुर अर्याल, धनगढी क्षेत्रिय कार्यालयका निर्देशक हरिश्चन्द्र यादव लगायत अन्य कर्मचारीको समेत उपस्थिती रहेको थियो ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै