काठमाडौँ ।इटालियन सिरी ए मा युभेन्टसले बोलोग्नामाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।
गएराती भएको खेलमा सबस्टिच्युटको रुपमा मैदानमा आएका पाउलो डिबालाले खेलको एक मात्र गोल गरेपछि युभेन्टस विजयी भएको हो । डिबालाले खेलको ६७औ मिनेटमा गोल गरेका थिए ।
यो सँगै युभेन्ट्सले सिरी ए मा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । युभेन्टसले २५ खेलमा २२ जित र ३ बराबरीसहित ६९ अंक बटुल्दै लिगको शिर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको नापोली भन्दा १३ अंकले अगाडी रहेको छ ।