• २०८१ बैशाख १६ आइतबार

डी मारिया युभेन्ट्समा जाने पक्का

kharibot

काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ड जर्मेन (पिएसजी) यसै सिजन छाडेका मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्टस जाने पक्का भएको छ ।

अर्जेन्टिनी विंगर डी मारिया र युभेन्टसबीच ‘फ्रि ट्रान्सफर’ सम्झौताको सम्पूर्ण प्रकृया पूरा भइसकेको खुलेको छ । दुईबीचको सम्झौता एक वर्षको हुनेछ । 

सन् २०१५ मा पिएसजीमा अनुबन्धित भएका डी मारिया यसै वर्षको जुनमा पिएसजीबाट फुकुवा भएका थिए ।

त्यसअघि डी मारियाले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियाल मड्रिडबाट समेत खेलेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै