• २०८१ बैशाख १४ शुक्रबार

अन्तिम खेलमा नेपालद्वारा कुवेतलाई ११७ रनको चुनौती 

kharibot

काठमाडौँ । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल अहिले कुवेतसँग खेलिरहेको छ ।

नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै ११६ रन बनाएको छ । नेपालका लागि बिन्दु रावलले सर्वाधिक अविजित २८ रन बनाएकी छन् भने ओपनर काजल श्रेष्ठले १८ रन बनाएर आउट भएकी थिइन् । त्यस्तै नेरी थापाले १९, रुबिना छेत्री बेलबासेले २२, इन्दु बर्मा र रोमा थापाले ७-७ रनको योगदान दिएका थिए ।

कुवेतका बलर मर्याम ओमारले २ विएक्त लिएकी थिइन् भने प्रियादा मुरली, अन्न तारिक, मदीना जुबेरीले एक एक विकेट लिएका थिए ।

नेपालले अहिलेसम्म खेलका ५ खेलमा ४ मा जित र एकमा हार सहित ८ अंक लिएर तेस्रो स्थानमा छ भने कुवेतले अहिलेसम्म खेलेका सबै खेलमा हार बेहोरेको छ । नेपालको प्रतियोगितामा शिर्ष स्थानमा रहेर छनौट हुने सम्भावना अंकगणितीय रुपमा बाँकी रहेको छ । 

नेपालले यो खेल ठुलो मार्जिनले जितेमा र थाइल्याण्ड युएईसँग आज हुने खेलमा पराजित भएमा नेपाल शिर्ष स्थानमा आउने झिनो सम्भावना रहेको छ । नेपाल आयोजक थाइल्याण्डसँग पराजित हुनुले शिर्ष स्थानमा आउने नेपालको अभियानमा बाधा उत्पन्न भएको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै