• २०८१ बैशाख २८ शुक्रबार

नापोलीमाथि युभेन्टस विजयी : रोमान्चक खेलमा पेनाल्टी मिस, दुई रातो कार्ड  

kharibot

काठमाडौँ । इटालियन सिरी ए मा शिर्ष स्थानमा रहेको युभेन्टसले दोस्रो स्थानमा रहेको नापोलीलाई पारजित गरेको छ । गएराती भएको खेलमा युभेन्टसले नापोलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ८४औ मिनेटमा नापोलीले पाएको पेनाल्टी मिस गर्दा खेल बराबरी गर्ने अवसर गुमाएको थियो ।

खेलमा दुवै टिमबाट एक एक खेलाडीले रातो कार्ड पाउदा दुवै टोली १०-१० खेलाडीमा सिमित भएका थिए । नापोलीका गोलकिपर एलेक्स मेरेटले क्रिस्टियानो रोनाल्डोलाई डी-बक्स बाहिर फाउल गरेपछि रातो कार्ड पाएर बाहिरिएका थिए भने खेलको ४७औ मिनेटमा पजानिकले दोस्रो पहेलो कार्ड पाउदै मैदान छोड्दा युभेन्ट्स पनि १० खेलाडीमा सिमित भएको थियो ।

डी –बक्स बाहिरको फाउलमा फ्री-किक हान्दै मिरीलेक पजानिकले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३९औ मिनेटमा युभेन्टसका लागि इम्रे क्यानले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर परेका थिए ।

नापोलीले खेलको ६१औ मिनेटमा जोस कालेजोनले गोल गर्दै नापोलीलाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ८४औ मिनेटमा नापोलीले पाएको पेनाल्टीबाट गोल गरेर खेल बराबरी गर्ने सुन्दर अवसर पाएको थियो तर नापोलीका लोरेन्जो इनसाइनले पेनाल्टी मिस गर्दा नापोली पराजित हुन पुग्यो ।

यो जितसहित युभेन्टस सिरी ए मा अपराजित रहदै २६ खेलमा ७२ अंक बटुलेको छ भने दोस्रो स्थानको नापोलीमाथि १६ अंकको स्पष्ट अग्रता हासिल गरेको छ । युभेन्ट्सले अहिलेसम्म खेलेका २६ खेलमा २३ मा जित र ३ बराबरी खेलेको छ । 

नापोलीको २६ खेलम ५६ अंक रहेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै