• २०८१ बैशाख १५ शनिबार

एन्फाको नयाँ लोगो सार्वजनिक, यस्तो बन्यो लोगो 

kharibot

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ लोगो सर्वजनिक गरेको छ ।

सोमबार एक कार्यक्रमका बिच एन्फाले पोखराका सन्दीप तिवारीले तयार पारेको लोगो एन्फाको नयाँ लोगो सार्वजनिक गरेको हो । 

गत साउनमा एन्फाले नयाँ लोगोका लागि खुला प्रतिस्पर्धाको आव्हान गरेको थियो । जसबाट ५७० जनालाई पछि पार्दै सन्दीपको लोगो छानिएको हो । लोगो बनाए बापत सन्दीपलाई ५० हजार रूपैयाँ दिइएको छ ।

नयाँ लोगोको सबैभन्दा माथि अंग्रेजी अक्षरमा नेपालको नाम रहेको छ । ठीक त्यसैमुनि विश्वको सर्वोच्च शिखर सगरमाथा र पुछारमा चन्द्र र सुर्य अंकित नेपालको झण्डा छ । पुछारमा फुटबलको चिन्ह रहेको छ । 

नेपालको शिर ठाडो पार्ने काम सगरमाथाले गर्नेछ । ठाडो शिरमा नेपालको झन्डा फहरिदाको डिजाइनलाई लोगोमा देखाउन खोजिएको छ । 

फुटबलमा संघीय संरचना अनुसार ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने संकेत राखिएको छ । जर्सीमा नेपाल लेखिनेछ भने एन्फाको लोगोमा एन्फा रहनेछ ।

एन्फाको लोगो दोस्रोपटक परिवर्तन भएको हो ।  यसअघि विसं २०६२–६३ को जनआन्दोलन पछि श्रीपेचको स्थानमा फुटबल राखेर नयाँ लोगो तयार पारिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय