• २०८१ बैशाख २१ शुक्रबार

अधिकारीको काजकिरिया आज सात दिनमा समापन गरिदै 

kharibot

पोखरा ।  हेलिकप्टर दुर्घटनामा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया मंगलबार सात दिनमै समापन गरिने भएको छ । 

अधिकारी आफैं परम्परागत संस्कारमा समयानुकूल सुधारका पक्षमा रहेकाले उनको चाहना पूरा गर्दा सच्चा श्रद्धाञ्जली हुने भन्दै १३ दिने विधि छोट्याएर एक सातामै सक्ने निधो परिवारका सदस्यले गरेका हुन् । 

यसअघि वरिष्ठ चिकित्सक डा.उपेन्द्र देवकोटाको अन्त्येष्टिको संस्कार सातै दिनमा पूरा गरिएको थियो । 

अधिकारीको पोखरा–५ मालेपाटनस्थित घरमा श्रीमती विद्या, छोराहरू विराज र स्वराज किरिया बसेका छन् । घरमा आमाबुबा र भाइबहिनीसँगै आफन्त छन् । 

मंगलबार किरियाको धार्मिक विधि पूरा भएपछि नेकपाले घरमै श्रद्धाञ्जलीसभा आयोजना गरेको बताइएको छ ।

त्यस्तै नेकापले फागुन २३ गते विहिबार काठमाडौँको भृकुटीमण्डपमा श्रद्धान्जली सभा आयोजना गर्दै छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै