• २०८१ बैशाख २१ शुक्रबार

प्रदीप र जसिता अभिनित लभ स्टेशनको ट्रेलर सार्वजनिक

kharibot

काठमाडौं । फिल्म लिली बिलीबाट चर्चित जोडी बनेका अभिनता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको फिल्म लभ स्टेशनको ट्रेलर सार्वजनिक गरिएको छ ।

नयाँ वर्षको अबसर पारेर यी जोडीको नयाँ फिल्म लभ स्टेशन आगामी २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुँदैछ ।

ट्रेलरमा प्रदीप र जसिताको जोडी जमेको देखिन्छ । फिल्ममा दुवैको प्रेममा आउने उतार चढावलाई देखाउन खोजेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

यसअघि भ्यालेन्टाईन डे को अवसर पारेर पहिलो गीत चाहिँदैन घाम जुन... बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको थियो ।  

अभिनेता प्रदीप खड्काले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक सिनेमा बनेको बताएका छन् । यो पारिवारिक तथा सांगीतिक प्रेमकथामा आधारित रहेको बताएका छन् । 

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय रहेको छ ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्  । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै