• २०८१ बैशाख २५ मंगलबार

सीता राना मगरले जितिन महिला बर्ष खेलाडीको अवार्ड   

kharibot

सीता राना मगर, फाइल तस्बीर

काठमाडौं । क्रिकेट खेलाडी संघ (सिप्यान) को आयोजनामा भएको पहिलो सीप्यान क्रिकेट अवार्ड २०१९ को बर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड सिता राना मगरले जितेकी छन् । 

क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्डमा सीताले वर्ष क्रिकेट खेलाडी महिलाको को अवार्ड जितेकी हुन् ।

वर्ष क्रिकेट खेलाडी महिलाको मनोनयनमा इन्दु शर्मा, करुणा भण्डारी, सविना श्रेष्ठ,  सरिता मगर र सीता रानामगर रहेका थिए ।

सीताले हालै थाइल्याण्डमा सम्पन्न महिला विश्वकपका लागि एशिया स्तरको छनौट का ६ खेलमा कुल १३८ रन बनाउदै नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा, महिला टिमका प्रशिक्षक विनोद दास, अम्पायर विनयकुमार झा र दुर्गानाथ सुवेदी तथा खेलकुद पत्रकार मञ्चका प्रतिनिधिहरु सरिता श्रेष्ठ र सुवास हुमागाई र टेक्निकल कोअर्डिनेटर रमन शिवाकोटी रहेको एक प्राविधिकको छनौट समितिले अवरद विजेता छनौट गरेको हो ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै