• २०८१ बैशाख १६ आइतबार

‘गेम अफ थ्रोन्स’ को आठौँ तथा अन्तिम सिजनको ट्रेलर सार्वजनिक

kharibot

एचबीओको चर्चित टिभी सिरिज ‘गेम अफ थ्रोन्स’ को आठौँ तथा अन्तिम सिजनको ट्रेलर सार्वजनिक भएको छ ।

एचबीओले सातौँ सिजन प्रसारण भएको डेढ वर्ष भन्दा बढी समयपछि ‘गेम अफ थ्रोन्स’को बहुप्रतिक्षित अन्तिम सिजनको ट्रेलर सार्वजनिक गरेको हो । सातौँ सिजनसम्म विभिन्न सबप्लटहरूमा बाँडिएका पात्रहरूको यस अन्तिम सिजनमा एकैपल्ट टक्कर हुने दर्शकहरूले अपेक्षा गरेका छन् ।

ट्रेलरमा सिरिजमा अहिलेसम्म जीवित रहेका सबै प्रमुख पात्रहरू जोन स्नो, डेनेरिस टार्गरियन, सर्सी ल्यानिस्टर, टाइरन ल्यानिस्टर, आर्या स्टार्क, सान्सा स्टार्क, जेमी ल्यानिस्टर लगायत देखिएका छन् ।

छ वटा एपिसोड रहने यस सिजनको पहिलो एपिसोड अप्रिल ४ मा प्रसारण हुने छ । त्यसैगरी सातौँ सिजन तथा पूरै सिरिजको अन्तिम एपिसोड मे १९ मा प्रसारण हुने छ ।

यस सिजनको कथा पनि अघिल्लो सिजनजस्तै जर्ज आर. आर. मार्टिनको फ्यान्टासी सिरिज ‘अ संग अफ आइस एण्ड फायर’ मा आधारित रहेको छैन । ‘गेम अफ थ्रोन्स’ को पहिलो सिजनदेखि छैठौ सिजनसम्मका कथा ‘अ संग अफ आइस एण्ड फायर’ सिरिजका उपन्यासहरूमा आधारित रहेर निर्माण गरिएको थियो ।

जर्ज आर. आर. मार्टिनले ‘गेम अफ थ्रोन्स’ को सातौ र आठौ सिजनका लागि बनाएका कथाहरू उनका आगामी उपन्यासहरू ‘द विन्ड्स अफ विन्टर’ र ‘अ ड्रिम अफ स्प्रिंग’मा प्रयोग गरिने जनाइएको छ ।

पढ्नै पर्ने

लोकप्रिय