रियल म्याड्रिडको संकट : कप्तान रामोसको भविष्य अन्योलमा 

खरीबोट

काठमाडौँ । च्याम्पियन्स लिगबाट बाहिरिए पछि रियल म्याड्रिडमा एक पछि अर्को संकट देखा पारेको छ ।

गोल डट कमका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र कप्तान सर्जियो रामोसबीच क्लबको हारका विषयमा भनाभन भएपछि अब रामोसले क्लब छोड्ने संकेत गरेको उल्लेख गरेको छ ।

एजाक्ससँग प्रि-क्वाटरफाइनलमा पराजित हुदा प्रतिबन्धका कारण बाहिर रहेका रामोसले खेल पछिको छलफलमा क्लबका अध्यक्षको आलोचना गरेको बताइएको छ । अध्यक्ष पेरेजले टिमको प्रदर्शन कमजोर भएको, जित्ने इच्छा शक्ति नदेखाएको आरोप लगाए पछि रामोस उल्टै अध्यक्ष र बोर्ड सदस्यमाथि खनिएको बताइएको छ । रामोसले क्लब राम्रा खेलाडी भित्राउने योजना नबनाएको आरोप लगाउदै आफ्नो आक्रोश व्यक्त गरेपछि क्लबका पदाधिकारी रामोससँग आक्रोशित भएको बताइएको छ ।

रामोसको रियल म्याड्रिडमा सन् २०२१ सम्म सम्झौता छ भने क्लबमा २२४ मिलियन डलरको बाइआउट सम्झौता रहेको छ । क्लबका अध्यक्षसँगको विवादपछि अब रामोसको रियलमा भविष्य अन्योलमा परेको विश्लेषण गरिएको छ । अबका केहि दिन रामोसका लागि क्लब व्यवस्थापनसँगको सम्बन्ध सुधार गर्ने या क्लब छोड्ने भन्नेमा निर्णायक हुने बुझिएको छ ।

सो छलफलमा क्लबका प्रशिक्षक सान्टियागो सोलारीले राजीनामा दिन अश्विकारगरेको बताइएको छ । क्लबले क्लबका पुर्व प्रशिक्षक जोसे मोरिन्हो अन्तरिम प्रशिक्षकको रुपमा भित्राउने तयारी गरेको समेत बताइएको छ । मोरिन्होलाई म्यानचेस्टर युनाइटेडले बर्खास्त गरेपछि अहिले खालि रहेका छन् । मोरिन्हो र रामोसको सम्बन्ध राम्रो नभएका कारण पनि क्लबले मोरिन्होलाई ल्याउने तयारी गरिरहदा रामोसको क्लबमा भविष्यका बारेमा प्रश्न उठेको विश्लेष्ण गरिएको छ ।
  
 

सम्बन्धित समाचार

मेसीको नयाँ रेकर्ड, छैठौ पटक जिते पिचीची ट्रफी

काठमाडौँ । लियोनेल मेसीले ला लिगामा यस सिजनमा ३६ गोल गर्दै छैठौ पटक पिचीची ट्रफी जितेका छन् । मेसीले ला लिगामा छैठौ पटक उच्च गोल गर्दै एथलेटिक क्लबका टेल्मो जाराको छैठौ

बार्सिलोना बराबरीमा रोकियो, मेसीले एक मिनेटमा गरे दुई गोल   

काठमाडौं । बार्सिलोना ला लिगाको अन्तिम खेल बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा इबरसँग २-२ गोलको बराबरीमा रोकिएसँगै बार्सिलोनाको यस सिजनको अन्तिम खेल बराबरीमा सकिएको हो । यस सिजनको लिग

सिजनको अन्तिम खेलमा रियल म्याड्रिड पराजित

काठमाडौँ । स्पेनिस फुटबलको महारथी रियल म्याड्रिडले यस सिजनको ला लिगाको अन्तिम खेलमा हार बेहोर्दै सिजनको अन्त्य गरेको छ । आइतबार भएको रियल बेटिसविरुद्धको खेलमा रियल म्याड्रिड २-० गोल अन्तरले पराजित

मैले भने जस्तो भएन भने छोडीदिन्छु – जिनेदिन जिदान 

काठमाडौँ । रियल म्याड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले क्लबमा आफुले भनेको नभए आफुले क्लब छोड्ने स्पष्ट गरेका छन् । ला लिगाको अन्तिम खेल खेल्नु अघि गरिएको पत्रकार सम्मेलनमा जिदानले क्लबमा कुन


z